काठमाडौं । मंगलबार नेप्से परिसूचक ५९.७० अंकले घटेर २४५५.३३ अंकमा कायम भएको छ । सोमबार ४० अंकले बढेको सेयर बजार मंगलबार भने घटेको छ ।
आज भने कारोबार रकममा सामान्य सुधार देखिन्छ । कुल ६ अर्ब ११ करोड रुपैयाँको सेयर खरिद विक्रि भयो। बैंकिङ ४५, विकास बैंक ६०, जलविद्युत ४०, फाइनान्स २२, निर्जीवन बीमा ३४३, उत्पादन १५०, अन्य ४३, लघुवित्त ११२, जीवन बीमा ५१९ र लगानी समूह १ अंकले घटेका छन्।
व्यापार समुह २७८ अंक र होटल तथा पर्यटन समुह १६ अंकले आज बढेका छन् ।
सेयर बजारमा चन्द्रागिरि हिल्सको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले वृद्धिपछि कम्पनीको मूल्य ५०० रुपैयाँ कायम भएको छ। त्यसैगरी साल्ट टेट्रिङको मुल्य १० प्रतिशतले बढदा ९हजार २३३ रुपैयाँ कायम भयो ।हिमालय पावर पार्टनरको मूल्य ८.८ प्रतिशतले बढेको छ। कम्पनीको मूल्य प्रतिकित्ता ३९२ रुपैयाँ छ।
कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य ६.८ अंकले घटेको छ । आज घटने अग्रस्थानमा नेपाल हाइड्रो डेभलपर्स रहेको छ । सो हाइड्रो डेभलपर्सको ७ प्रतिशतले घटेको छ । प्रतिकित्ता ६७० रुपैयाँ कायम भएको छ।
आज कारोबार रकमका आधारमा एसियन लाइफ इन्स्योरेन्स प्रथमस्थानमा रहेको छ । यो कम्पनीको २८ करोड रुपैयाँको कारोबार हुँदा निफ्राको २५ करोडको सेयर खरिदबिक्रि भयो। त्यस्तै नेपाल बैंकको २२ करोड रुपैयाँको कारोबार भयो।