२०८२ वैशाख १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारदोहोरो अंकले उकालो लाग्यो सेयर बजार

दोहोरो अंकले उकालो लाग्यो सेयर बजार


काठमाडौं । आज नेप्से परिसूचक १६.२४ अंकले बढेर १९८५.४३ अंकमा बन्द भएको छ ।

आजको दिन २७२ वटा कम्पनीको ४३ लाख ३६ हजार ५५३ कित्ता सेयर १ अर्ब १७ करोड ६६ लाख ८० हजार ७५७.५० रुपैयाँमा खरिद बिक्रि भएको छ ।

कारोबारमा आएका मघ्ये १८२ वटा कम्पनीको सेयरको मूल्यवृद्धि भएको छ भने ३६ वटा कम्पनीको घटेको छ । त्यस्तै १० वटाको भने सेयरको मूल्य स्थिर रहयो । १३ वटा उपसमूह मघ्ये व्यापार र होटल तथा पर्यटन बाहेक अरु ११ वटा उप समुहमा हरियाली छाएको छ ।

आजको दिन रिलायबल लाइफ इन्स्योरेन्सको १० करोड ६४ लाख रुपैयाँ बढीको सेयर खरिद बिक्रि भएसँगै कारोबारको आधारमा र्शिष स्थान रह्यो । त्यस्तै, ओरियन्टल होटेलको ४ करोड १० लाख रुपैयाँ,एनआईसी एसिया बैंकको ३ करोड ८५ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकको २ करोड ५४ लाख रुपैयाँ र शिवम सिमेन्टको २ करोड ५१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज शुभम पावरको सेयरभाउमा १० प्रतिशतले बढेसँगै पोजिटिभ सर्किट लागेको छ भने इमर्जिङ नेपाल कम्पनीको सेयर मूल्यमा ८ प्रतिशतले बढीले घटेको छ ।


क्याटेगोरी : पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ