२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारसन नेपाल लाइफको सेयर आजबाट दोस्रो बजारमा आउने

सन नेपाल लाइफको सेयर आजबाट दोस्रो बजारमा आउने


काठमाडौं ।   आजबाट सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सेयर धितोपत्र दोस्रो बजार आउने भएको छ ।

नेप्समा मंगलबार  लाइफ इन्स्योेरेन्स कम्पनीको साधारण सेयर  सूचीकृत भएको थियो ।

साधारण सेयर नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउने भएता पनि बुधबार सविधान दिवसका अवसरमा सार्वजनिक बिदा भएकाले कम्पनीको सेयर आज बिहीबारबाट कारोबारमा भएको हो ।

कम्पनीको ३ करोड २० लाख कित्ता सेयर नेप्सेमा सूचीकरण भएको हो ।

कम्पनीको सर्वसाधारण (वैदेशिक रोजगार रहेको नेपाली,कर्मचारी र सामुहिक लगानी कोष)का लागि वितरण गरिएको ९६ लाख कित्ता र संस्थापकहरूले लगानी गरेको २ करोड २४ लाख कित्ता गरी ३ करोड २० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

सन नेपाल लाइफ इन्स्योरेन्सको पहिलो सेयर कारोबारको लागि न्युनतम १५८.४१ रुपैयाँ देखि अधिकतम ४७५.२३ रुपैयाँ ओपनिङ्ग रेन्ज रहेको छ ।

नेप्सेले सन नेपाल लाइफ इन्स्योरेन्सलाई ‘एसएनएलआई’ कारोबार संकेत प्रदान गरेको छ ।


क्याटेगोरी : पूँजी बजार, बीमा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ