नेपाल स्टक एक्सचेन्ज (नेप्स) मा एक हाइड्रोपावर कम्पनीको सेयर सूचीकृत भएको छ ।
नेप्सका अनुसार मनकामना इन्जिनियरिङ हाइड्रोपावर कम्पनीको साधारण सेयर सूचीकृत भएको हो ।
सूचीकरण भएसँगै यो कम्पनीको सेयर भोलि सोमबारबाट धितोपत्र दोस्रो बजारमा कारोबार आउने छन् । आइतबार हाइड्रोपावर कम्पनीको १०० रुपैयाँ अकितदरमा ८० लाख कित्ता सेयर नेप्सेमा सूचीकरण भएको हो ।
कम्पनीले सर्वसाधारण (वैदेशिक रोजगार रहेको नेपाली,स्थानीय बासिन्दा, कर्मचारी र सामुहिक लगानी कोष)का लागि वितरण गरिएको २८ लाख कित्ता र संस्थापकहरूले लगानी गरेको ५२ लाख कित्ता गरी ८० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।
मनकामना इन्जिनियरिङको पहिलो सेयर कारोबारको लागि न्युनतम ७४ रुपैयाँ देखि अधिकतम २२२ रुपैयाँ ओपनिङ्ग रेन्ज रहेको छ ।
नेप्सेले मनकामना इन्जिनियरिङ हाइड्रोपावरलाई ‘एमईएचएल’ कारोबार संकेत प्रदान गरेको छ ।