२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारनेपाल लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रिमा

नेपाल लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रिमा


काठमाडौं- नेपाल लाइफ इन्स्योरेन्सले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

कम्पनीले आज असोज १० गतेदेखि प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्टले आफ्नो नाममा रहेको ५ लाख २३ हजार ११२ कित्ता संस्थापक सेयर बिक्रि ल्याएको हो । यसमा इन्स्योरेन्स कम्पनीकै विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।

सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापकले सुचना प्रकाशित भएको मितिबाट ३५ दिनभित्र इन्स्योरेन्स कम्पनीको केन्द्रिय कार्यालय कमलादीस्थित काठमाण्डौमा आफूले खरिद गर्ने चाहेको सेयर कित्ता संख्या तथा प्रतिकित्ता सेयरको मूल्य खुलाई शिलबन्दी निवेदन पेस गर्नुपर्नेछ ।

तोकिएको समयमा संस्थापक सेयरधनीबाट सेयर खरीद गर्न निवेदन नआएमा प्रचलित कानुनबमोजिम अन्य लगानीकर्तालाई सेयर बिक्री गर्ने कम्पनीले जनाएको छ ।


क्याटेगोरी : पूँजी बजार, बीमा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ