२०८२ वैशाख १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रकर्पोरेटदुई कम्पनीलाई आईपीओ जारी गर्ने बोर्डले दियो अनुमति

दुई कम्पनीलाई आईपीओ जारी गर्ने बोर्डले दियो अनुमति


काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेड र मुक्तिनाथ कृषि कम्पनीे लिमिटेडले आईपीओ जारीको अनुमति पाएका छन् ।

बोर्डबाट वेयरहाउजिङ कम्पनीले १३ करोड ७५ लाख रुपैयाँ बराबरको र मुक्तिनाथ कृषि कम्पनीेले १४ करोड रुपैयाँ बराबरको साधारण सेयर निष्कासन अनुमति पाएको हो ।

साधारण सेयर निष्कासनका लागि नेपाल वेयरहाउजिङ धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल र मुक्तिनाथ कृषि कम्पनीकाे एन आईएमबी एस क्यापिटल रहेको छ ।

बोर्डले  दुवै कम्पनीलाई असोज १० गते  चुक्तापुँजीको २० प्रतिशतले हुन आउने बराबरको साधारण सेयर जारी गर्न अनुमति दिएको हो ।

नेपाल वेयरहाउजिङले अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँका दर १३ लाख ७५ हजार कित्ता साधारण सेयर बिक्री गर्नेछ भने मुक्तिनाथ कृषि कम्पनीले अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँका दरले १४ लाख कित्ता आईपीओ बिक्री गर्नेछ ।


क्याटेगोरी : कर्पोरेट, पूँजी बजार
ट्याग : #नेपाल धितोपत्र बोर्ड


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ