काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिडेटले आज असोज १४ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गरेको छ ।
कम्पनीले आफ्नो जारी पुँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँको ४० प्रतिशतले हुन आउने १ अर्ब २३ करोड २० हजार रुपैयाँ बराबरको १ करोड २३ लाख २०० कित्ता आईपीओ निष्कासन गरेको हो ।
कम्पनीले १२ लाख १६ हजार ५६८ कित्ता सेयर श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि निष्काशन गरि बाँडफाँड गरिसकेको छ ।
त्यस्तै, कम्पनीले स्थानीय उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको लागि जारी गरिएको साधारण सेयर मघ्ये बिक्रि नभएको सेयर समेत थप गरि ९७ लाख ३२ हजार ५४४ कित्ता निष्काशन गरेको हो ।
त्यस्तै कम्पनीले सामुहिक लागनी कोष लागि ६ लाख ८ हजार २८४ कित्ता र कम्पनीमा कार्यगत कर्मचारीका लागि ६ लाख ८ हजार २८४ कित्ता सेयर छुट्याएको छ ।
कम्पनीले कार्यगत कर्मचारीका लागि प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १२५ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २२५ रुपैयाँ र सर्वसाधारणका लागि प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १३७.५८ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २३७.५८ रुपैयाँ आईपीओ निष्काशन गरेको हो ।
आवदेनकर्ताले असोज १७ गतेसम्ममा यसमा आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा असोज २८ गतेसम्म आवेदन दिन सक्नेछन ।
सर्वसाधारणका लागि १० कित्ता देखि १५ लाख कित्तासम्म खरिदका लागि आवेदन दिन सक्नेछन । त्यस्तै,नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी(आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट खरिद आवेदन दिन सक्नेछन्।
साधारण सेयर निष्कासनका लागि कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल रहेको छ ।