काठमाडौं । साताको पहिलो कारोबारको दिन सेयर बजार उच्च अंकले घटेको छ । आज नेप्से परिसूचक ३३.२० अंकले घटेर १९७१.१० अंकमा बन्द भएको छ ।
आजको दिन २८४ वटा कम्पनीको ६७ लाख २३ हजार ४०० कित्ता सेयर १ अर्ब ८३ करोड ४ लाख ८६ हजार ७४३.११ रुपैयाँमा खरिद बिक्रि भएको छ ।
कारोबारमा आएका मघ्ये १० वटा कम्पनीको सेयरको मूल्यवृद्धि भएको छ भने २२० वटा कम्पनीको घटेको छ । त्यस्तै २ वटाको भने सेयरको मूल्य स्थिर रहयो । आजको दिन १३ उप समुह राताम्मै भएको छ ।
आजको दिन सिटिजन्स लाइफ इन्स्योरेन्स कारोबारको आधारमा र्शिष स्थान रह्यो । यस कम्पनीको १४ करोड ७३ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । त्यस्तै, एनआइसी एसिया बैंकको ९ करोड ३५ लाख रुपैयाँ, सन नेपाल लाइफ इन्स्योरेन्सको ६ करोड ३ लाख रुपैयाँ, रिलायबल लाइफ नेपालको ५ करोड ४० लाख रुपैयाँ र शिवम सिमेन्टको ४ करोड ५६ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
त्यस्तै, सयपत्री हाइड्रोपावरको सेयर मुल्यमा १० प्रतिशतले बढेको छ भने सनराइज फन्ट म्युचुअल फंडको सेयरको मूल्य १० प्रतिशतले घटेको छ ।