२०८२ वैशाख १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजार५.१९ अंकले बढ्यो सेयर बजार

५.१९ अंकले बढ्यो सेयर बजार


काठमाडौं । साताको दोस्रो कारोबारको दिन सेयर बजार बढेको छ । आज नेप्से परिसूचक ५.१९ अंकले बढेर १९७६.२९ अंकमा बन्द भएको छ ।

आजको दिन २८६ वटा कम्पनीको ५७ लाख ७६ हजार ८७६ कित्ता सेयर १ अर्ब ७३ करोड ७३ लाख १४ हजार ९२.३२ रुपैयाँमा खरिद बिक्रि भएको छ ।

कारोबारमा आएका मघ्ये १६३ वटा कम्पनीको सेयरको मूल्यवृद्धि भएको छ भने ६४ वटा कम्पनीको घटेको छ । त्यस्तै ६ वटाको भने सेयरको मूल्य स्थिर रहयो ।

आजको दिन एनआइसी एसिया बैंक कारोबारको आधारमा र्शिष स्थान रह्यो । यस कम्पनीको २१ करोड ६८ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । त्यस्तै, सिटिजन लाइफ इन्स्योरेन्सको १२ करोड ६९ लाख रुपैयाँ, सोल्टी होटलको ८ करोड १० लाख रुपैयाँ, एभरेष्ट बैंकको ५ करोड ३१ लाख रुपैयाँ र रिलायबल लाइफ नेपालको ४ करोड ७२ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

त्यस्तै आजको दिन सीवाइसी लघुवित्त र सयपत्री हाइड्रोपावरको सेयर मुल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ भने पिपुल्स हाइड्रोपावरकोसेयरको मूल्य ५.२९ प्रतिशतले घटेको छ ।

। आजको दिन १३ उप समुह मघ्ये २ वटा उप समुहमा रातो पोतिएको छ राताम्मै भएको छ ।


क्याटेगोरी : पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ