२०८२ वैशाख १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजार९.२४ अंकले बढ्यो सेयर बजार

९.२४ अंकले बढ्यो सेयर बजार


काठमाडौं । आज नेप्से परिसूचक ९.२४ अंकले बढेर १९६७.९७ अंकमा बन्द भएको छ ।

आजको दिन २८४ वटा कम्पनीको ४३ लाख २३ हजार २१ कित्ता सेयर १ अर्ब १८ करोड ९९ लाख ३१ हजार ३८५.३७ रुपैयाँमा खरिद बिक्रि भएको छ ।

कारोबारमा आएका मघ्ये १७४ वटा कम्पनीको सेयरको मूल्यवृद्धि भएको छ भने ५२ वटा कम्पनीको घटेको छ । त्यस्तै ६ वटाको भने सेयरको मूल्य स्थिर रहयो ।

आजको दिन सिटिजन लाइफ इन्स्योरेन्स कारोबारको आधारमा र्शिष स्थान रह्यो । यस कम्पनीको ६ करोड ९३ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । त्यस्तै, रिलायबल लाइफ इन्स्योरेन्सको ४ करोड ३० लाख रुपैयाँ, शिभम सिमेन्टको ३ करोड ३१ लाख रुपैयाँ एनआईसी एसिया बैंकको ३ करोड १३ लाख रुपैयाँ र सन नेपाल लाइफ इन्स्योरेन्सकाे नेपालको ३ करोड १ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

त्यस्तै आजको दिन मघ्ये भोटेकोशी हाइड्रोपावरको सेयर मुल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ भने समता घरेलु लघुवित्तको मूल्य ६.६१ प्रतिशतले घटेको छ ।

आजको दिन १३ उप समुह मघ्ये बैंकिङ उप समुह वाहेक अरु १२ वटा हरियाली छाएको छ ।


क्याटेगोरी : पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ