२०८२ वैशाख १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रकर्पोरेटमुक्तिनाथ कृषि कम्पनीको आईपीओ कात्तिक १० गतेबाट,क—कसले आवेदन दिन पाउने ?

मुक्तिनाथ कृषि कम्पनीको आईपीओ कात्तिक १० गतेबाट,क—कसले आवेदन दिन पाउने ?


काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले श्रम स्वीकृत गरी वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि कात्तिक १० गतेदेखि साधारण सेयर निष्काशन तथा बिक्रि खुल्ला गर्ने भएको छ ।

कम्पनीले जारी पुँजी ७० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड रुपैयाँको १४ लाख कित्ता आईपीओ निष्कासन तथा विक्रि खुल्ला गर्ने लागेको हो ।

कम्पनीले सर्वधारण साधारणका लागि निष्काशन गरिने साधारण सेयर मघ्ये १० प्रतिशतले हुन आउने १ करोड ४० लाख रुपैयाँको १ लाख ४० कित्ता सेयर श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि निष्काशन गर्ने लागेको हो ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १० कित्ता देखि १ हजार कित्तासम्म खरिदका लागि आवेदन दिन सक्नेछन ।

आवदेनकर्ताले कात्तिक २४ गतेसम्ममा यसमा आवेदन दिन सकिनेछ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले भने नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी(आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट खरिद आवेदन दिन सक्नेछन्।

साधारण सेयर निष्कासनका लागि कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल रहेको छ ।


क्याटेगोरी : कर्पोरेट, पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ