२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारदोहोरो अंकले ओरालो लाग्यो सेयर बजार

दोहोरो अंकले ओरालो लाग्यो सेयर बजार


काठमाडौं । साताको पहिलो कारोबारको दिन आज सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ ।

आज नेप्से परिसूचक ३५.६७ अंकले घटेर १९२१.२४ अंकमा बन्द भएको छ ।

आजको दिन २८९ वटा कम्पनीको ५८ लाख १५ हजार १८९ कित्ता सेयर १ अर्ब ८० करोड १७ लाख ६६ हजार २९४.०८ रुपैयाँमा खरिद बिक्रि भएको छ ।

कारोबारमा आएका मघ्ये १६ वटा कम्पनीको सेयरको मूल्यवृद्धि भएको छ भने २१३ वटा कम्पनीको घटेको छ । त्यस्तै ४ वटाको भने सेयरको मूल्य स्थिर रहयो ।

आजको दिन शिवम कारोबारको आधारमा र्शिष स्थान रह्यो । यस कम्पनीको ६ करोड ७३ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । त्यस्तै, रिलायबल लाइफ इन्स्योरेन्सको ५ करोड ५७ लाख रुपैयाँ, नबिल बैंकको ५ करोड ३४ लाख रुपैयाँ, सिटिजन लाइफ इन्स्योरेन्सको ४ करोड ५५ लाख रुपैयाँ र एनआईसी एसिया बैंकको ४ करोड ४९ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

त्यस्तै आजको दिन बाराही हाइड्रोपावरको सेयर मुल्य ९.५९ प्रतिशतले बढेको छन भने हिमालयन लघुवित्तको मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।

आजको दिन १३ उप समुह वटै रातम्मै भएको छ ।


क्याटेगोरी : पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ