२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारमाथिल्लो मैलुङ खोला जलविद्युतको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

माथिल्लो मैलुङ खोला जलविद्युतको आईपीओमा आवेदन दिने आज अन्तिम दिन


काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत कम्पनीले सर्वसाधारणका लागि निष्काशन गरिएको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

सर्वसाधारण लगानीकर्ताले अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँका दरले १० कित्ता देखि १० हजार कित्ता सम्मका लागि आज बैंकिङ समयमम्मा आवेदन दिन सक्नेछन् ।

कम्पनीले जारीपुँजी १ अर्ब रुपैयाँ बराबरको १५ प्रतिशतले हुन आउने १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता साधारण सेयर निष्काशन गरेको हो ।

कम्पनीले असोज १८ गते देखि आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई निष्काशन भएको मघ्ये बिक्री नभएको ९ हजार २०० कित्ता समेत गरि कुल १२ लाख ८४ हजार २०० कित्ता सर्वसाधारणको लागि निष्काशन तथा बिक्रि खुल्ला गरेकोे हो ।

सर्वसाधारणका लागि निष्काशन गरिने मघ्ये १० प्रतिशतले हुन आउने १ लाख ५० हजार कित्ता शेयर वैदेशिक रोजगारी रहेका नेपालीहरुको लागि लागि बिक्रि गरिसकेको छ ।

त्यस्तै, ५ प्रतिशत अर्थात ७५ हजार कित्ता सामुहिक लगानी कोषका लागि बाँडफाँड गरिसकेको छ ।

आवेदनकर्ताले नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमतिप्राप्त सी-आस्बा प्राप्त बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत सेयर आवेदन दिन सक्नेछन्।

साधारण सेयर निष्कासनका लागि माथिल्लो मैलुङ खोला जलविद्युत कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।


क्याटेगोरी : पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ