काठमाडौं । चिरख्वा हाइड्रोपावर सर्वसाधारणका लागि आज असोज २३ गते देखि साधारण शेयर निष्काशन तथा बिक्रि खुल्ला गरेको छ ।
कम्पनीले सर्वसाधारणका लागि जारी गर्ने लागेको साधारण सेयरमा आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि जारी गरिएको ४ लाख कित्ता मघ्ये बिक्रि नभएको १ लाख ९५ हजार ३०० कित्ता समेत थप गरी कुल ८ लाख ५९ हजार ३०० कित्ता सेयर जारी गर्ने गरेको हो ।
कम्पनीले ८० हजार कित्ता शेयर वैदेशिक रोजगारी रहेका नेपालीहरुको लागि लागि बिक्रि गरिसकेको छ ।
त्यस्तै, ४० हजार कित्ता सामुहिक लगानी कोष र १६ हजार कित्ता सेयर कम्पनीमा कार्यगत कर्मचारीहरुको लागि बाँडफाँड गरिसकेको छ ।
सर्वसाधारणले आगामी असोज २६ गते सम्म आवेदन दिन पाउनेछन् र सो अवधिमा माग बमोजिम आवेदन नपरे कात्तिक ३ गतेसम्ममा आवेदन दिन सकिनेछ ।
लगानीकर्ताले अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँका दरले १० कित्ता देखि १ लाख कित्ता सम्मका लागि आवेदन दिन सक्ने छन् ।
आवेदनकर्ताले नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमतिप्राप्त सी-आस्बा प्राप्त बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत सेयर आवेदन दिन सक्नेछन्।
साधारण सेयर निष्कासनका लागि चिरख्वा हाइड्रोपावरको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ रहेको छ ।