काठमाडौं । अरुण काबेली पावर लिमिडेटले असोेज ३० गतेदेखि अवितरित हकप्रद सेयर बिक्रीमा राखेको छ ।
कम्पनीले १ बराबर १ अनुपातमा भदौ ११ गतेदेखि ३१ गतेसम्म हकप्रद बिक्रि खुल्ला गरेकोमा सो अवधिमा आवेदन नपरेको २० लाख १४ हजार ८१७ कित्ता हकप्रद सेयर लिलाम बढाबढ बिक्रि गर्न लागेको हो।
कम्पनीले सर्वसाधारण समूहतर्फको २० लाख १४ हजार ८१७ कित्ता सेयर शिलबन्दी बोलपत्र प्रक्रियामार्फत बिक्री गर्न लागेको हो । इच्छुक व्यक्ति, कम्पनी, संघ तथा संस्थाहरुले न्यूनतम मूल्य प्रतिसेयर १०० रुपैयाँ वा सो सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ।
आवेदनकर्ताले कात्तिक १४ गतेसम्ममा आवेदन दिई सक्नुपर्ने छ । बोलपत्र पेश गर्दा न्यूनतम १ सय कित्ताका लागि र अधिकतममा कुनै हद नलाग्न्रे छैन ।
संस्थाको हकप्रद सेयर निष्काशनका लागि बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।
आवेदनकर्ताले काठमाण्डौको नक्सालस्थित नेपाल इन्भेस्टमेन्ट बैंकिङ, नबिल बैंकका शाखाहरु कार्यालयहरु विराटनगरको रंगेलीरोड, महोत्तरीको जलेश्वर, ललितपुरको सातदोबाटो , भक्तपुरको सूर्यविनायक, कास्कीको पोखरा,बाँकेको कोहलपुर,सुर्खेत र महेन्द्रनगर बाट आवेदन दिन सक्नेछन्।