२०८१ माघ २४, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारआज पनि दोहोरो अंकले ओरालो लाग्यो सेयर बजार

आज पनि दोहोरो अंकले ओरालो लाग्यो सेयर बजार


काठमाडौं । आज सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । आज नेप्से परिसूचक १९.०६ अंकले घटेर १८८९.५९ अंकमा बन्द भएको छ ।

आजको दिन २८२ वटा कम्पनीको ४२ लाख ८७ हजार ४२४ कित्ता सेयर १ अर्ब २८ करोड ३१ लाख ८२ हजार १४५.३२ रुपैयाँमा खरिद बिक्रि भएको छ । कारोबारमा आएका मघ्ये ३१ वटा कम्पनीको सेयरको मूल्यवृद्धि भएको छ भने ९३ वटा कम्पनीको घटेको छ । त्यस्तै ९ वटाको भने सेयरको मूल्य स्थिर रहयो ।

आजको दिन सानिमा जीआईसी इन्स्योरेन्सको कारोबारको आधारमा र्शिष स्थान रह्यो । यस कम्पनीको २० करोड ३७ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ

त्यस्तै, नबिल बैंकको ३ करोड ४४ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ३ करोड २ लाख रुपैयाँ, शिवम सिमेन्टको २ करोड ६३ लाख रुपैयाँ र सिटिजन लाइफ इन्स्योरेन्सको २ करोड ६० लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

त्यस्तै आजको दिन उप्पर लोहोरे खोला हाइड्रोपावको ५.८६ प्रतिशतले सेयरको मुल्य बढेको छ भने बाराही हाइड्रोपावरको सेयर मुल्य ७.५ प्रतिशतले घटेको छ ।

आजको दिन १३ उप समुह वटै रातम्मै भएको छ ।


क्याटेगोरी : पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ