२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारभोलिबाट कारोबारमा आउने माण्डु हाइड्रोपावर र हाथवे इन्भेष्टमेन्टको ओपनिङ्ग रेन्ज कति ?

भोलिबाट कारोबारमा आउने माण्डु हाइड्रोपावर र हाथवे इन्भेष्टमेन्टको ओपनिङ्ग रेन्ज कति ?


काठमाडौं । माण्डु हाइड्रोपावर लिमिडेट र हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिडेटको सेयर नेपाल स्टक एक्चेञ्ज (नेप्से)मा सूचीकृत भएको छ ।

मंगलबार माण्डु हाइड्रोपावर १ करोड ३६ लाख ३६ हजार ३७० कित्ता र हाथवे इन्भेष्टमेन्ट नेपालको २ करोड ३४ लाख कित्ता सेयर नेप्सेमा सूचीकरण भएको हो ।

सूचीकरण भएसँगै यी कम्पनीहरुको सेयर बुधबारबाट धितोपत्र दोस्रो बजारमा कारोबार आउने छन् ।

माण्डु हाइड्रोपावरले सर्वसाधारण (वैदेशिक रोजगार रहेको नेपाली, स्थानीय बासिन्दा, कर्मचारी र सामुहिक लगानी कोष)का लागि वितरण गरिएको १६ लाख ३६ हजार ३७० कित्ता र संस्थापकहरूले लगानी गरेको १ करोड २० लाख कित्ता गरी १ करोड ३६ लाख ३६ हजार ३७० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

त्यस्तै, हाथवे इन्भेष्टमेन्टको सर्वसाधारण (वैदेशिक रोजगार रहेको नेपाली, कर्मचारी र सामुहिक लगानी कोष)का लागि वितरण गरिएको २९ लाख २५ हजार कित्ता र संस्थापकहरूले लगानी गरेको २ करोड ४ लाख कित्ता ७५ हजार गरी कित्ता सेयर २ करोड ३४ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । ने

नेप्सेले माण्डु हाइड्रोपावरको पहिलो सेयर कारोबारको लागि न्युनतम १२४.४२ रुपैयाँ देखि अधिकतम ३७३.२६ रुपैयाँ ओपनिङ्ग रेन्ज रहेको छ भने हाथवेको न्युनतम ९५.०९ रुपैयाँ देखि अधिकतम २८५.२७ ओपनिङ्ग रेन्ज तोकिएको छ ।

नेप्सेले माण्डु हाइड्रोपावरको ‘माण्डु’ कारोबार संकेत प्रदान गरेको छ भने हाथवे इन्भेष्टमेन्टको ‘हाथी’ कारोबार संकेत प्रदान गरेको छ ।


क्याटेगोरी : पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ