काठमाडौ । नेपाल धितोपत्र बोर्डमा ५ वटा कम्पनीले आईपीओ जारी गर्ने निवेदन दिएका छन् ।
बोर्डमा याम्बालिङ हाइड्रोपावरले असोज १० गते , एपेक्स हस्पिटालिटी असोज १२ गते , माविलुङ इनर्जीले असोज १४ गते , जगदम्बा स्टिल्सले असोज १७ गते र एसवाई प्यानल नेपालले असोज १९ गते साधारण सेयर निष्काशन तथा बिक्रि खुल्ला गर्ने निवेदन दिएका हुन् ।
जगदम्बा स्टिल्सले प्रिमियम मुल्यमा र अरु ४ कम्पनीले अंकित मूल्यमा साधारण सेयर निष्काशन गर्ने बोर्डसमक्ष निवेदन दिएका हुन ।
जगदम्बा स्टिल्सले अंकित मूल्य १०० रुपैयाँमा २०० रुपैयाँ प्रिमियम थप गरी प्रति कित्ता ३०० रुपैयाँका दरले ६ अर्ब २ करोड १० लाख रुपैयाँ बराबरको २ करोड ७० हजार कित्ता साधारण सेयर निष्काशन गर्ने बार्डसँ अनुमति माग गरेको छ ।
त्यस्तै, याम्बालिङ हाइड्रोपावरले अंकित मूल्य १०० रुपैयाँका दरले २८ करोड रुपैयाँ बराबरको २८ लाख कित्ता, एपेक्स हस्पिटालिटीले २४ करोड रुपैयाँ बराबरको २४ कित्ता,माविलुङ इनर्जीले १८ करोड ९० लाख ५३ हजार रुपैयाँ बराबरको १८ लाख ९० हजार ५३० कित्ता र एसवाई प्यानल नेपालले ५२ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँ बराबरको ५२ लाख ३२ हजार ५४८ कित्ता साधारण सेयर निष्काशन गर्ने बार्डसँग माग गरेका छन् ।
याम्बालिङ हाइड्रोपावरको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्त्तिनाथ क्यापिटल, एपेक्स हस्पिटालिटीको हिमालयन क्यापिटल , माविलुङ इनर्जीेको लक्ष्मी क्यापिटल, जगदम्बा स्टिल्सको सिद्धार्थ क्यापिटल र एसवाई प्यानल नेपालको प्रभु क्यापिटल रहेका छन् ।