२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठउर्जाआजबाट कारोबारमा आउने मिड सोलु र भगवती हाइड्रोपावरको ओपनिङ्ग रेन्ज कति ?

आजबाट कारोबारमा आउने मिड सोलु र भगवती हाइड्रोपावरको ओपनिङ्ग रेन्ज कति ?


काठमाडौं । मिड सोलु हाइड्रोपावर लिमिडेट र भगवती हाइड्रोपावर डेभलपमेन्ट लिमिडेटको सेयर नेपाल स्टक एक्चेञ्ज (नेप्से)मा सूचीकृत भएको छ ।

बुधबार मिड सोलु हाइड्रोपावर ७४ लाख ८४ हजार कित्ता र भगवती हाइड्रोपावरको ५७ लाख २० हजार ६४७ कित्ता सेयर नेप्सेमा सूचीकरण भएको हो ।

सूचीकरण भएसँगै यी कम्पनीहरुको सेयर आज बिहीबारबाट धितोपत्र दोस्रो बजारमा कारोबार आउने छन् ।

मिड सोलुले सर्वसाधारण (वैदेशिक रोजगार रहेको नेपाली, स्थानीय बासिन्दा, कर्मचारी र सामुहिक लगानी कोष)का लागि वितरण गरिएको १४ लाख ९६ हजार ८०० कित्ता र संस्थापकहरूले लगानी गरेको ५९ लाख ८७ हजार २०० कित्ता सूचीकृत भएको हो ।

त्यस्तै, भगवती हाइड्रोपावरको सर्वसाधारण (वैदेशिक रोजगार रहेको नेपाली, कर्मचारी र सामुहिक लगानी कोष)का लागि वितरण गरिएको १४ लाख ३० हजार १६२ कित्ता र संस्थापकहरूले लगानी गरेको ४२ लाख ९० हजार ४८५ कित्ता सेयर सूचीकृत भएको हो ।

नेप्सेले मिड सोलु हाइड्रोपावरको पहिलो सेयर कारोबारको लागि न्युनतम १०० रुपैयाँ देखि अधिकतम ३०० रुपैयाँ ओपनिङ्ग रेन्ज रहेको छ भने भगवती हाइड्रोपावरको न्युनतम १२०.४१ रुपैयाँ देखि अधिकतम ३६१.२३ ओपनिङ्ग रेन्ज तोकिएको छ ।

नेप्सेले मिड सोलु हाइड्रोपावरको ‘एमएसएचएल’ कारोबार संकेत प्रदान गरेको छ भने भगवती हाइड्रोपावरको ‘बीजीडब्लुटी’ कारोबार संकेत प्रदान गरेको छ ।


क्याटेगोरी : उर्जा, पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ