काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी र नेपाल वेयरहाउजिङ कम्पनीले भोलि कात्तिक १० गतेबाट आईपीओ निष्काशन तथा बिक्रि खुल्ला गर्ने भएका छन् ।
यी दुवै कम्पनीले श्रम स्वीकृत गरी वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि साधारण सेयर निष्काशन तथा बिक्रि खुल्ला गर्ने भएका हुन ।
मुक्तिनाथ कृषि कम्पनीले जारी पुँजी ७० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड रुपैयाँको १४ लाख कित्ता र वेयरहाउजिङ कम्पनीले जारी पुँजी ६८ करोड ७५ लाख रुपैयाँको २० प्रतिशतले हुन आउने १३ करोड ७५ लाख रुपैयाँको १३ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन तथा विक्रि खुल्ला गर्ने नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।
मुक्तिनाथ कृषि कम्पनीले सर्वधारण साधारणका लागि निष्काशन गरिने साधारण सेयर मघ्ये १० प्रतिशतले हुन आउने १ करोड ४० लाख रुपैयाँको १ लाख ४०हजार कित्ता र वेयरहाउजिङ कम्पनीले १ लाख ३७ हजार ५०० कित्ता सेयर श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि निष्काशन गर्ने लागेको हो ।
मुक्तिनाथ कृषि कम्पनीको साधारण सेयरमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १० कित्ता देखि १ हजार कित्तासम्म खरिदका लागि आवेदन दिन सक्नेछन भने वेयरहाउजिङ कम्पनीको साधारण सेयरमा प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १० कित्ता देखि ५० हजार कित्तासम्म खरिदका लागि आवेदन दिन सक्नेछन ।
दुवै कम्पनीको साधारण सेयरमा वैदेशिक रोजगारीमा रहेका नेपाली आवदेनकर्ताले कात्तिक २४ गतेसम्ममा यसमा आवेदन दिन सकिनेछ ।
दुवै कम्पनीको सेयरमा वैदेशिक रोजगारीमा रहेका नेपालीले भने नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी(आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट खरिद आवेदन दिन सक्नेछन्।
मुक्तिनाथ कृषि कम्पनीको साधारण सेयर निष्कासनका लागि कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल रहेको छ भने वेयरहाउजिङ कम्पनीको बिक्रि प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ ।