काठमाडौं । आज नेप्से परिसुचक ३२.७७ अंकले घटेर २१०९.१० को विन्दुमा बन्द भएको छ ।
आजको दिन ३०४ कम्पनीको १ करोड ७१ लाख ७२ हजार १४९ कित्ता सेयर ६ अर्ब २७ करोड ४३ लाख २४ हजार ८११.९० रुपैयाँमा कारोबार भएको छ । आज ५३ वटा कम्पनीको सेयर मूल्य बढ्दा १९१ वटा कम्पनीको घटेको छ भने ३ वटाको स्थिर छ ।
आजको दिन सबैभन्दा धैरे कारोबार शिवम् सिमेन्ट्सको भएको छ। शिवम् सिमेन्ट्सको ३० करोड ६८ लाख ६० हजार ८०२.८० रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै,सोनापुर आयल एन्ड मिनरल्सको २५ करोड ४७ लाख रुपैयाँ,हिमालयन डिष्टीलरीको २० करोड ६२ लाख रुपैयाँ,हाथवे इन्भेष्टमेन्ट नेपालको १५ करोड ३६ लाख रुपैयाँ र घोराही सिमेन्टको १५ करोड २३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
त्यस्तै, आजको दिन बोटलर्स नेपाल,आशा लघुवित्त, धौलागिरी लघुवित्त,बीपीडब्लू लघुवित्त र चिरख्वा हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले सकारात्मक सर्किट लागेको छ ।
आजको दिन सूर्यज्योति लाइफ इन्स्योरेन्सको सेयरमूल्य ७.४४ प्रतिशत र उन्नति सहकार्य लघुवित्तको सेयरमूल्य ७.२६ प्रतिशतले घटेको छ । साथै,आज २ वटा उपसमुह वाहेक अन्य उपसमुहमा रातो पोतिएको छ ।