२०८१ माघ २४, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रकर्पोरेटप्रभु क्यापिटलका हितग्राहीलाई रिसेन्ट एण्ड रिदम टुर्स एण्ड ट्राभल्समा छुट अफर

प्रभु क्यापिटलका हितग्राहीलाई रिसेन्ट एण्ड रिदम टुर्स एण्ड ट्राभल्समा छुट अफर


काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले आफ्ना हितग्राही ग्राहकको लागि विशेष अफर ल्याएको छ ।

प्रभु क्यापिटल लिमिटेड र रिसेन्ट एण्ड रिदम टुर्स एण्ड ट्राभल्स बीचमा ३ बर्षका लागि पुस ८ गते सम्झौता भएको हो ।

उक्त सम्झौतापत्रमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री आशिष गौचन तथा रिसेन्ट एण्ड रिदम टुर्स एण्ड ट्राभल्स को तर्फबाट प्रबन्ध निर्देशक श्री प्रकाश थापाले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार प्रभु क्यापिटलमा डिम्याट खाता खोलेका ग्राहकहरुले आर आर ट्राभल्सले दिने सेवामा आर्कषक छुट अफर पाउने भएका छन् । काठमाडौको उत्तरढोका (२, स्थित लाजिम्पाटमा रहेको यस संस्थाबाट आन्तरिक माउन्टेन फ्लाईट बुकिङ्घमा १५ प्रतिशत तथा विभिन्न अन्तर्राष्ट्रिय फ्लाईटहरूमा १० प्रतिशत विशेष छूट अफर पाउने भएका छन् ।

यो अफरबाट लाभ लिन प्रभु क्यापिटलका हितग्राही ग्राहकहहरूले प्रभु क्यापिटलमा डिम्याट खाता रहेको आधिकारिक प्रमाण (Demat Confirmation) प्रस्तुत गर्नुपर्नेछ जसको आधारमा टुर्स एण्ड ट्राभल्सले ग्राहकलाई विशेष छुट दिनेछन् ।

प्रभु क्यापिटल लिमिटेड मर्चेन्ट बैंकमा अग्रणी क्यापिटल हो । जसले समयानुसारकोे प्रविधि अपनाउँदै आफ्ना ग्राहकहरुलाई मर्चेन्ट सेवा दिने, पूँजीबजारसँग सम्बन्धित सचेतना तथा तालिम कार्यक्रम गर्ने, आफ्ना product तथा लगानी योजनासंगै सामाजिक उत्तरदायित्व वहन साथै यस्ता व्यवसायिक सम्झौता मार्फत आफ्ना ग्राहकलाई अतिरिक्त सेवा सुविधा दिदैं आईरहेको छ । प्रभु क्यापिटलमा हितग्राही खाता (Demat Account) खोल्ने सुविधा प्रभु बैंकको जुनसुकै शाखाहरुबाट पनि उपलब्ध हुनेछ ।


क्याटेगोरी : कर्पोरेट, पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ