काठमाडौं । साताको अन्तिम करोबारको दिन आज १.९३ अंकले घटेको सेयर बजार २०६८.९० विन्दुमा पुगेर बन्द भएको छ ।
यसदिन ३०३ कम्पनीको १ करोड १६ लाख ५८ हजार ११० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २९ करोड ९ लाख ३२ हजार २९७ रुपैयाँको कारोबार भएको छ ।
यसदिन १०३ वटा कम्पनीको सेयरमूल्य बढ्दा १३५ वटा कम्पनीको घटेको छ भने ८ वटाको स्थिर छ ।
आज सेयर बजारमा १३ ओटा समूहमध्ये ६ समूहमा हरियाली छाएको छ भने बाँकीमा अरु समूहमा रातो पोतिएको छ ।
आज बजारमा सबैभन्दा धेरै कारोबार सोनापुर आयल एन्ड मिनरल्सकोे भएको छ। कम्पनीको १४ करोड ३८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । त्यस्तै,शिवम् सिमेन्टको १३ करोड ६५ लाख रुपैयाँ ,घोराही सिमेन्टको १३ करोड ४३ लाख रुपैयाँ र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको १२ करोड ९८ लाख रुपैयाँभन्दा बढीमा करोबार भएको छ ।
त्यस्तै, आजको दिन भिजन लुम्बिनी उर्जा कम्पनीको सेयरको मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ भने बीपी डब्लू लघुवित्त वित्तीय संस्था र धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य १० प्रतिशतले नकारात्मक सर्किट लागेको छ ।