काठमाडौं, । सोमबार नेप्से परिसूचक ८.७५ अंकले घटेर २०६०.१५ विन्दुमा पुगेर बन्द भएको छ ।
आजको दिन ३०६ कम्पनीको १ करोड १८ लाख ९२ हजार ५५९ कित्ता सेयर ४ अर्ब ४८ करोड ३९ लाख ८२ हजार ४६१.३४ रुपैयाँको कारोबार भएको छ ।
यस दिन ७७ वटा कम्पनीको सेयरमूल्य बढ्दा १५९ वटा कम्पनीको घटेको छ भने १० वटाको स्थिर छ । आजको दिन ५ वटा उपसमूहमा हरियाली छाएको छ भने अरु अन्य सबै उपसमूहमा रातो पोतिएको छ ।
सोमबार सेयर बजारमा शिवम् सिमेन्टको सबैभन्दा बढी कारोबार भएको छ । यस कम्पनीको आज २० करोड १३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । त्यस्तै, सोनापुर आयल एन्ड मिनरल्सकोे २० करोड १२ लाख रुपैयाँ, हाथवे इन्भेष्टमेन्ट नेपालको १७ करोड २५ लाख रुपैयाँ, सानीमा जीआईसी इन्स्योरेन्सको १० करोड ८२ लाख रुपैयाँ र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ९ करोड ९१ लाख रुपैयाँ भन्दा बढीमा सेयर किनबेच भएको छ ।
आजको दिन सीईडीबी र चिरख्वा हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ भने मोलुङ हाइड्रोपावरको सेयरमूल्यमा ८.०९ प्रतिशतले घटेको छ ।