२०८१ माघ २४, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारसेयर बजार राताम्मै

सेयर बजार राताम्मै


काठमाडौं, । आज सेयर बजारमा रातो पोतिएको छ । मंगलबार सेयर बजारमा १३ वटा उपसमूहमा रातो पोतिएको छ ।

नेप्से परिसूचक ३०.०५ अंकले घटेर २०३०.१० विन्दुमा पुगेर बन्द भएको छ ।

आजको दिन ३०५ कम्पनीको १ करोड ११ लाख ८५ हजार ७१२ कित्ता सेयर ४ अर्ब ४ करोड ४६ लाख ५९ हजार ९९२.७३ रुपैयाँको कारोबार भएको छ । आज ३७ वटा कम्पनीको सेयरमूल्य बढ्दा २०५ वटा कम्पनीको घटेको छ भने ३ वटाको स्थिर छ ।

 सेयर बजारमा शिवम् सिमेन्टको सबैभन्दा बढी कारोबार भएको छ । यस कम्पनीको आज १६ करोड ११ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । त्यस्तै, हाथवे इन्भेष्टमेन्ट नेपालको १५ करोड ३८ लाख रुपैयाँ, सिटिजन लाइफ इन्स्योरेन्सको १४ करोड ७३ लाख रुपैयाँ, सोनापुर आयल एन्ड मिनरल्सकोे १२ करोड ८९ लाख रुपैयाँ भन्दा बढीमा सेयर किनबेच भएको छ ।

आजको दिन चिरख्वा हाइड्रोपावरको सेयरको मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ भने  हिमालयन हाइड्रोपावर कम्पनीको सेयरमूल्यमा १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।


क्याटेगोरी : पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ