काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा ३ वटा कम्पनीको सेयरमूल्य समायोजन भएको छ ।
नेप्सेमा जीवन विकास लघुवित्त १४ प्रतिशत ,कालिका पावर कम्पनी १० प्रतिशत र यूनिभर्सल पावर कम्पनीको ८.५५ प्रतिशत बोनस सेयरको मूल्य समायोजन भएको हो ।
समायोजन पछि जीवन विकास लघुवित्त १३२२.०२ रुपैयाँ ,कालिका पावर कम्पनी ३३४.५५ रुपैयाँ र यूनिभर्सल पावर कम्पनीको २०१.७५ रुपैयाँ कायम भएको छ ।
नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीको सेयर मूल्य समायोजन गरेको हो ।
समायोजन अघि जीवन विकास लघुवित्त १५०७.१० रुपैयाँ ,कालिका पावर कम्पनी ३६८ रुपैयाँ र यूनिभर्सल पावर कम्पनीको २१९ रुपैयाँ कायम भएको छ ।
अब दोस्रो बजारमा यी कम्पनीहरुको सेयर कारोबार खुल्दा यही समायोजित मूल्यलाई आधार मानेर खुल्नेछ ।