२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारप्रि-ओपनमा नेप्से करिब ३ अंकले उकालो,कतिमा भयो हिमालयन रि इन्स्योरेन्सको पहिलो कारोबार ?

प्रि-ओपनमा नेप्से करिब ३ अंकले उकालो,कतिमा भयो हिमालयन रि इन्स्योरेन्सको पहिलो कारोबार ?


काठमाडौ, २३ पुस । प्रि-ओपन सेसनमा सोमबार नेप्से सूचक करिब ३ अंकले वृद्धि भएको छ ।

नेप्से सुचक २.९७ अंकले बढेर २०२५.८९ विन्दुमा आएको छ ।

यो सेसनमा २० कम्पनीको भाउ बढ्दा १० वटाको मूल्य घटेको छ भने २ कम्पनीको भाउमा कुनैपनि परिवर्तन आएको छैन ।

यो सेसनमा ३३ कम्पनीको १२ हजार १ सय २१ कित्ता सेयर कारोबार हुदाँ ७१ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सोमबार यो सेसनमा कुल २२४ वटा कारोबार भएको हो ।

त्यस्तै आजबाट कारोबारमा आएको हिमालयन रि इन्स्योरेन्सको मूल्य १० प्रतिशतले बढेको छ ।

एचआरएल संकेतबाट करोबार खुल्ला भएको हिमालयन रि इन्स्योरेन्सको प्रतिकित्ता ३०९.२० रुपैयाँ पहिलो कारोबार भएकोमा कम्पनीको मूल्य १० प्रतिशत बढेर मूल्य प्रतिकित्ता ३४०.१० रुपैयाँ पुगेको छ ।


क्याटेगोरी : पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ