काठमाडौं । सेयर बजार साढे ३१ अंकले घटेको छ । सोमबार ३१.४९ अंकले घटेको सेयर बजार २०९८.६९ विन्दुमा पुगेर बन्द भएको छ ।
यसदिन ३०७ कम्पनीको १ करोड ८० लाख ४३ हजार २४४ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ३६ करोड ६० लाख ७० हजार ३ रुपैयाँको कारोबार भएको छ ।
यसदिन ३६ कम्पनीको सेयर मूल्य बढ्दा २०९ वटा कम्पनीको ओरालो लागेको छ भने ३ कम्पनीको स्थिर छ ।
आजको दिन सेयर बजारमा हिमालयन रिइन्स्योरेन्सको सबैभन्दा धेरै कारोबार भएको छ । यस कम्पनीको ७८ करोड ६३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
यस्तै ङादी ग्रूप पावर कम्पनी ३१ करोड १ लाख रुपैयाँ, अपी पावर कम्पनीको २४ करोड २७ लाख रुपैयाँ, सन नेपाल लाइफ इन्स्योरेन्सको १६ करोड २१ लाख रुपैयाँ र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको १५ करोड १ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
बजारमा आज अपर स्यांगे हाइड्रोपावर कम्पनीको सेयरमूल्य ९.९८ प्रतिशत र मिड सोलु हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९.४६ प्रतिशतले बढेको छ । त्यस्तै
त्यस्तै दोर्दी हाइड्रोपावरको सेयरको मूल्य ८.३३ प्रतिशत र हिमालयन लघुवित्तको सेयरको मूल्य ७.२७ प्रतिशतले घटेको छ ।
आजको दिन व्यापार बाहेक अरु सबै उप समूहमा रातो पोतिएको छ ।