काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्सले बुक बिल्डिङ विधीबाट आजबाट आईपीओ जारी गरेको छ ।
कम्पनीले आज माघ १० गतेदेखि संस्थागत लगानीकर्ताहरू सहभागी गराई बोलकबोल मार्फत सेयर बिक्री गर्ने भएको हो ।
कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब ९० करोड रुपैयाँबको १०.१४ प्रतिशत हुन आउने १९ करोड २६ लाख ६० हजार रुपैयाँ बराबरको १९ लाख २६ हजार ६ सय कित्ता सेयर प्रतिकित्ता १०० रुपैयाँ अ्रंकितदरले बुक बिल्डिंग मार्फत आईपीओ जारी गर्ने गरेको हो ।
जसमघ्ये ४० प्रतिशत अर्थात ७ लाख ७० हजार ६४० कित्ता सेयर योग्य संस्थागत लगानीकर्ताहरुका लागि बोलकबोल मार्फत सेयर बिक्री खुला गर्न लागेको हो ।
कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सञ्चालन गर्ने बोलकबोल प्रक्रियामा योग्य संस्थागत लगानीकर्ताहरू सहभागी गराई बोलकबोल मार्फत सेयर बिक्री गरिने छ ।
संस्थागत आवदेनकर्ताले माघ १४ गतेसम्ममा नेप्सको कार्यालयमा गई गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ । कम्पनीले सेयरको न्यूनतम मूल्य ६०८ रुपैया देखि अधिकतम ९१२ रुपैयाँ तोकिएको छ ।
साधारण सेयर निष्कासनका लागि कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमइ क्यापिटल रहेको छ ।