२०८१ माघ २३, बुधबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारज्योतिलाइफको आईपीओमा नयाँ रेकर्ड

ज्योतिलाइफको आईपीओमा नयाँ रेकर्ड


काठमाडौं । ज्योतिलाईफ इन्स्योरेन्स आईपीओमा आवेदन दिने भोलि  अन्तिम दिन हो तर  आज  फागुन २५ गते आईपीओमा नयाँ रेकर्ड कायम भएकाे छ ।

कुनै पनि  आईपिओमा साढे १५ लाख भन्दा बढीको आवेदन परेको यो नै पहिलो पटक हो । यो  भन्दा पहिले महिला लघुवित्तको आईपिओमा १५ लाख ४० हजार ३५ जनाको आवेदन परेको थियो ।

कम्पनीको आईपिओमा आज साँझ सम्ममा १५ लाख ७० हजार ४ सय १४ जना आवेदकबाट ३ करोड ३४ लाख ६७ हजार ५ सय ७० कित्ताको लागि आवेदन परेको बिक्र प्रबन्धक एनएमबी क्यापिटलले जानकारी गराएको छ ।

यहि फागुन २३ गते साधारण सेयर निष्कासन मिति तोकिए पनि सो दिन जारी गर्दा मेरो सेयरमा पर्ने चापले नियमित सेयर कारोबारको सेटलमेन्टमा प्रभाव पर्ने भएकाले मिति परिर्वतन गरि आईपीओ फागुन २१ गते निष्कासन गरिएको थियाे ।

कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यमा ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गरेकाे हो ।

ज्योतिलाईफले ३ लाख ३३ हजार कित्ता सेयर सामुहिक लगानी कोष, ३ लाख ३३ हजार कित्ता सेयर कर्मचारीका लागि र बाँकी रहेको ५९ लाख ४० हजार कित्ता सेयरका लागि सवसाधारणले आवेदन दिन सकिनेछ ।

कम्पनीले जारी पुँजी २ अर्ब २० करोड रुपैयाँँको ३० प्रतिशत हुन आउने प्रतिकित्ता रु १०० अंकित मुल्यमा ६६ करोड बारबरको आईपीओ जारी गरेकाे छ ।

ज्योतिलाईफको हाल १ अर्ब ५४ करोड रुपैयाँचुक्ता पुँजी रहेको छ भने साधारण सेयर निष्कासन पछि कम्पनीको चुक्ता पुँजी २ अर्ब २० करोड पुग्नेछ ।

सर्वसाधारणले कममा १० कित्ता र बढीमा ६६ हजार कित्ता सेयरमा आवेदन सकिनेछन ।आइपिओका आवेदन दिएकामध्ये ५ लाख ९४ हजार जनाले मात्रै १० कित्ताका दरले पाउने छन् भने यो हिसावले ९ लाख ७६ हजारको हात खाली हुनेछ । आवेदन प्रक्रिया नपुगेका आवेदन पहिले नै अस्वीकृत हुनेछन्।


क्याटेगोरी : पूँजी बजार
ट्याग : #ज्योतिलाइफ


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ