काठमाडाैं । लगातार दुई दिन घटेकाे सेयर बजार आज भने हरियाली भएकाे छ । नेप्से परिसुचक ५५.७६ अंकले बढेर २८२७.१२ अंकमा पुगेको छ ।
आज सेयर बजारमा २१९ कम्पनीको सेयर १ लाख १४ हजार २ सय १६ पटक ११ अर्ब ३५ करोड १८ लाख १५ हजार ३ सय ५६ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज नेप्सेमा बैकिङ ०४८,पर्यटन २.६९, विकास बैक ६.१३ फाइन्नस ७.९१,अन्य ५.२४,जलविधुत२.८६,जीवनबीमा २.०८,लघुवित्त १.३ र लगानी समुह ०.९२ अंकले बढेको छ । त्यस्तै आज मुच्लुअल फण्ड ०.१२ अंकले घटेको छ ।
त्यसैगरी करोबार रकमका आधारमा नेपाल पुनर्बिमा कम्पनीको सेयर अगाडी रहेको छ । नेपाल पुनर्बिमाको सेयर १ अर्ब ८ठकरोड ८७ लाख, निर्धन उत्थान लधुवित्तको ३३ करोड ४५ लाख सानिमा माइ हाइड्रोपावरको ३२ करोड १९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यसैगरी लुम्बीनी विकास बैंक २९ करोड ३८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
त्यसैगरी राधि जलविधुतको ७.२३ र विशाल बजार कम्पनीको सेयर १.६३ अंकले घटेको छ । आज नेप्सेमा १६२ कम्पनीको सेयर मूल्य बढेको छ भने १५ कम्पनीको सेयर मूल्य घट्दा ५ कम्पनीको भने स्थिर रह्यो ।