२०८१ माघ २२, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारनेपाल धितोपत्र बोर्डले भन्याे ५१ कम्पनीको शेयर मूल्यमा अस्वाभावकि चलखेल

नेपाल धितोपत्र बोर्डले भन्याे ५१ कम्पनीको शेयर मूल्यमा अस्वाभावकि चलखेल


   काठमाडौं । नेपाल धितोपत्र बोर्डले ५१ कम्पनीको धितोपत्र कारोवारमा चलखेल गरेर मुल्य बढाइएकाले जोखिममा पर्न सक्ने  बताइएकाे  छ ।

बोर्डले मंगलबार प्रेस विज्ञप्ति जारी गदै पछिल्लो दिनमा केही कम्पनीको सेयर मूल्य अस्वभाविक रुपमा बढेपछि बोर्डले सर्कुलर टेड्रिङ कर्नरिङ तथा पप्प एन्ड डम्प (इन्साइडर ट्रेडिङ) लगायतको अध्ययन गर्न कमिटी नै बनाएर अध्ययन गरिएको जनाएको छ ।

बोर्डले अध्ययन गरिएका कम्पनीको मूल्य आम्दानी अनुपात १०० र सो भन्दा बढी भएका, विगत एक वर्षको अवधिमा ३०० प्रतिशत वा सो भन्दा बढी प्रतिशतले वृद्धि भएको पाइएको छ । बोर्डले आज ती कम्पनीको शेयरमा गरिएको लगानी जोखिमपूणर् रहेको जनाएको हो ।

विज्ञप्ति अनुसार प्रति शेयर आम्दानी ऋणात्मक भएका, प्रति शेयर अंकित मूल्यभन्दा प्रति शेयर नेटवर्थ कम भएका, कम्पनीको वित्तीय क्षमताको मूल्याकंन समेतका आधारमा जोखिमयुक्त देखिएको छ ।

बजारको मनोविज्ञान नबुझीकन शेयर बजारमा लगानी गर्दा त्यसले नकारात्मक प्रभाव पनि पार्न सक्छ । लहैलहैमा गरिने निणर्य आफैमा पनि घातक हुनसक्ने बोर्डको बुझाइ छ ।

पछिल्ला दिनमा धितोपत्र बजारमा शेयरको मूल्य उचालिएको छ । शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक बढेको अवस्थामा लगानीकर्ताको जोखिमको स्तर पनि बढ्दै जाने हुँदा त्यसबारेमा लगानीकर्ता आफै चनाखो हुनु पर्ने बोर्डको भनाइ छ ।

बोर्डका अनुसार जलविद्युत् उपसमूहका २० कम्पनी, निर्जीवन र जीवन बीमा उपसमूहका १० कम्पनी, पर्यटन तथा होटल उपसममूहका २ कम्पनी, ४ फाइनान्स कम्पनी र २ लघुवित्त हिमालयन डिस्टिलरी र शिवम् सिमेन्टलगायत ५१ कम्पनीको शेयर मूल्यमा चलखेल भएको बोर्डको अध्ययनमा देखिएको छ ।

 


क्याटेगोरी : पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ