काठमाडौं । आज नेप्से परिसूचक ५.२४ अंकले घटेर २८१८.१८ अंकमा बन्द भएको छ ।
आज सेयर बजारमा २२० कम्पनीको सेयर १ करोड १ लाख ३५ हजार २ सय ०९ कित्ता सेयर ४ अर्ब २२ करोड ४० लाख १८ हजारमा खरिद बिक्रि भएको छ ।
आज नेप्सेमा बैंकिङ ०.१९ प्रतिशत, नजीवनबिमा १.२ प्रतिशत, जीवनबिमा ०.०३ प्रतिशत, लघुवित्त ०.०३ प्रतिशत, उत्पादन १.०२ प्रतिशतले बढेको छ ।
त्यस्तै आज ट्रेटिङ १.०३ प्रतिशत ,अन्य ०.४६ प्रतिशत,लगानी २.१३ प्रतिशतल होटेल तथा पर्यटन ०.०७ प्रतिशत, हाइड्रोपावर १.७३ प्रतिशत,फाइन्स ०.०७ प्रतिशत, विकास बैंक ०.०४ प्रतिशतले घटेका छन् ।
आज राष्ट्रिय बीमा कम्पनीको सेयर ८.३१ प्रतिशत त्यसैगरी माउटेन एनजी को सेयर मूल्य ५.२१ प्रतिशतले बढ्दा सिभिल लधुवित्तको सेयर मूल्य ३.५४ प्रतिशतले बढेको छ ।
साथै सबैभन्दा बढी गुमाउने कम्पनीमा हाइड्रोइलेक्ट्री इन्भेष्टमेन्ट ५.०४ प्रतिशत, रिदी हाइड्रोपावर कम्पनी ४.११ प्रतिशत, नेपाल इन्स्योरेन्स कम्पनी३.५३ प्रतिशत, नेशनल हाइड्रोपावर कम्पनी ३.९३ प्रतिशतले घटेका छन् ।
कारोबार रकमका आधारमा हिमालयन डिस्ष्टिलर, माथिल्लो तामाकोसी, नेपाल बैंक, निफ्रा र नेशनल हाइड्रोपावर कम्पनी सबैभन्दा अगाडि छन् ।