२०८२ वैशाख १७, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारयुनियन लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँट

युनियन लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँट


काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँट भएको छ ।

कुल २१ लाख ८२ हजार ७७५ जना आवेदकबाट आवेदन परेको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ । त्यसमध्ये ६९ हजार ९७६ आवेदन दोहोरो आवेदन तथा विभिन्न करणले रद्ध भएका छन भने योग्य २१ लाख १२ हजार ७९९ आवेदन परेको छ ।

 

माग भन्दा बढी आवेदन परेकोले कम्पनीको शेयर धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्युनतम १० कित्ताको दरले वितरण गर्दा ५ लाख ८० हजार ५०० जनाले मात्रै शेयर पाएका छन् ।

 

त्यस अनुसार बाँकि १५ लाख ३२ हजार २९९ जना अर्थात करिब ७३ प्रतिशतले शेयर पाएनन् ।

 

युनियन लाइफ इन्स्योरेन्सले कुल जारी पूँजी २ अर्ब १५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको थियो । जसमा ५ प्रतिशत ( ३ लाख २२ हजार ५ सय कित्ता) कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत ( ३ लाख २२ हजार ५ सय कित्ता) सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरी बाँकी ५८ लाख ५ हजार कित्ता शेयर सर्वसाधारणको लागि बिक्रीमा ल्याएको थियो ।


क्याटेगोरी : पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ