२०८२ वैशाख १७, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारसानिमा लाइफ इन्स्योरेन्सकाे आईपीओ साउन २० गते देखि

सानिमा लाइफ इन्स्योरेन्सकाे आईपीओ साउन २० गते देखि


काठमाडौ । सानिमा लाइफ इन्स्योरेन्सले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता साधारण सेयर (आईपीओ) साउन २० गतेदेखि निष्कासन गर्ने भएको छ ।

सानिमाले कुल जारी पुँजीको ३० प्रतिशतले हुन आउने गरी प्रतिकित्ता रु १०० अंकित मुल्यमा ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता सेयर आईपीओ जारी गर्ने भएको छ ।

जसमा ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीलाई र त्यस्तै ५ प्रतिशत सामूहिक लगानी कोषलाई छुट्याएको छ भन्े बाँकी रहेको ५४ लाख कित्ता सेयर सर्वसाधारणमा बिक्री गरिने छ ।

उक्त आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकान प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

लगानीकर्ताले छिटोमा साउन २४ गते र ढिलोमा भदौ २ गतेसम्म न्यूनतम १० कित्तादेखि ३० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था रहेको क्यापिटलले जनाएको छ ।

कम्पनीकाे  आईपीओ  सि-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्ने छन् ।

 

आईपीओ बाँडफाँडपश्चात इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्नेछ।

 

 


क्याटेगोरी : पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ