२०८१ माघ २३, बुधबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारमैलुङखोला जलविद्युत कम्पनीको आईपीओ आजदेखि खुल्यो

मैलुङखोला जलविद्युत कम्पनीको आईपीओ आजदेखि खुल्यो


काठमाडौं । मैलुङखोला जलविद्युत कम्पनीको आईपीओ आजदेखि जारी भएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँअंकित मूल्यमा ७ करोड ३६ लाख २८ हजार ६ सय रुपैयाँ बराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता साधारण सेयर बिक्री गर्ने छ ।

कुल निष्कासनमध्ये १४ हजार ७ सय २६ कित्ता कर्मचारी र ३६ हजार ८ सय १४ कित्ता सामूहिक लगानी कोषको लागि छुट्ट्याएको छ भने बाँकी ६ लाख ८४ हजार ७ सय ४६ कित्ता सेयर सर्वसाधारणको लागि बिक्री खुला गर्ने कम्पनीले जनाएको छ ।

उक्त सार्वजनिक निष्कासनमा लगानीकर्ताले छिटोमा साउन १८ गते र ढिलोमा साउन २८ गतेसम्म आवेदन दिने सकिनेछ । कम्पनीको आईपीओ

निष्कासनको लागि कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

त्यस्तै, आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता अधिकतम १ लाख कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् ।


क्याटेगोरी : पूँजी बजार
ट्याग : #आईपीओ


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ