काठमाडौं । साताको दोस्रो दिन १६१ अंकले बढेको नेप्से परिसूचक साताको तेस्रो दिन भने गिरावट आएको छ ।
साताको तेस्रो दिन मंगलबार नेप्से ४४.१८ अंकले घटेर बजार २९३६.६० विन्दुमा बन्द भएको छ ।
आज कारोबार रकम पनि घटेको छ । बजारमा कुल २२२ कम्पनीको सेयर ८६ हजार ५ सय ८ पटक कारोबारहुदाँ १ करोड ५० लाख ८२ हजार ८१ कित्ता शेयर ७ अर्ब ४९ करोड रुपैयाँमा किनबेच भएको छ ।
आज शेयर बजारमा होटेल तथा पर्यटन, ननलाइफ इन्स्योरेन्स र लधुवित्तका लगानीकर्ताले सबैभन्दा बढी गुमाए ।
आज म्यूचअल फण्ड र अन्य समुहबाहेक सबै उपसमूह राताम्मे भए ।
यस दिन सानिमा लाइफ इन्स्योरेन्सको शेयर मूल्य १० प्रतिशतले बढेको छ । युनाइटेड मोदी हाइड्रोपावर ७.७८ प्रतिशत, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट ५.१६ प्रतिशत, युनिलिभर नेपाल लिमिटेड ५.०३ प्रतिशत, मनकामना स्मार्ट लघुवित्त ४.०१ प्रतिशतले बढेका छन् ।
त्यस्तै आज आरएमडीसी लघुवित्त ७.७३ प्रतिशत, रुरु जलविद्युत ७.०१ प्रतिशत, प्रोग्रेसिभ फाइनान्स ५.६० प्रतिशत, फस्र्ट माइक्रोफाइनान्स ५.४ प्रतिशतले घटेका छन् ।