काठमाडौ । आज नेप्से परिसूचक ७१.४३ अङ्कले बढेर २९४७.४२बिन्दुमा पुगेको छ ।सेयर बजारमा आज २३१ कम्पनीको सेयर रु ९ अर्ब ४४ करोड ३५ हजार २४४ मूल्यमा खरीद बिक्री भएको छ ।
नेप्सेमा आज म्युचुअल फन्ड बाहेक सबै समुहमा हरियाली छाएको छ ।
बैंकिङ १.२५, जलविद्युुत् ६.३७, उत्पादन ४.५१ र सामूहिक लगानी कोष २.३१ बिन्दुले बढेको छ ।
त्यस्तै, व्यापार १.२५, होटल तथा पर्यटन २.२३, विकास बैंक ५.१३, वित्त ४.०८, निर्जीवन बीमा ३.२७, अन्य ०.२७, लघुवित्त २.०८, जीवन बीमा १.८४ र लगानी बिन्दुले बढेको छ ।
आज अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक ७३ करोड ७७ लाख आठ हजार रुपैयाँ बढीको कारोबार भएको छ।युनाइटेड मोदी हाइड्रोपावरको ४५ करोड ११ लाख रुपैयाँबराबरको कारोबार भएको यो दिन अपी पावरको ३१ करोड ५१ लाख रुपैयाँ, नेसनल हाइड्रोको २९ करोड ३४ लाख रुपैयाँ, माथिल्ला तामाकोशीको २५ करोड ७२ करोड रुपैयाँ बढीको कारोबार भएको छ।