२०८२ वैशाख १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारनेप्सेमा ३७.८७ अंकको गिरावट

नेप्सेमा ३७.८७ अंकको गिरावट


काठमाडौं -साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकले ओरालाे लागेकाे छ ।

 

बिहीबार नेप्से ३७ दशमलव ८७ अंकले घटेर दुई हजार तीन सय ७६ दशमलब ७४ विन्दुमा पुगेर कारोबार बन्द भएको हो ।

२२४ कम्पनीको ५३ लाख ७९ हजार ८६० कित्ता सेयर खरिद-बिक्री हुँदा कुल दुई अर्ब ३० करोड १७ लाख बराबरको कारोबार भएको छ । कारोबारको आधारमा सबैभन्दा बढी कारोबार प्रभु बैंकको भएको छ । बैंकले ९३ करोडभन्दा बढीको कारोबार भएको छ ।

कारोबारमा आएका उपसूचकमा म्यूचल फण्डबाहेक सबै समूहको सूचक राताम्मे देखिएका छन् । बिहीबार बजार घटे पनि एक कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । सेयर मूल्य बढ्ने कम्पनीमा नेपाल बङ्गलादेश बैंक रहेको छ । यस कम्पनीको सेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले बढेकाे  छ ।

नेप्सेका अनुसार कारोबार भएका कम्पनीहरूमध्ये ग्रिनलाइफ हाइड्रोपावर, मैलुङखोला जलविद्युत कम्पनी र हिमालयन पावर पार्टनर कम्पनीको सेयर मूल्य सात प्रतिशतभन्दा बढीले घटेको छ ।


क्याटेगोरी : पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ