२०८२ वैशाख १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारधितोपत्र बोर्ड र नेप्सेमा प्रमुख नियुक्तिमा ढिलाइ

धितोपत्र बोर्ड र नेप्सेमा प्रमुख नियुक्तिमा ढिलाइ


काठमाडौं- बैंकमा तरलता अभावका कारण सेयर बजार अस्थिर बनिरहेका बेला बजारलाई नियमन गर्ने दुवै निकाय भने नेतृत्वविहीन छन् ।

नेपाल धितोपत्र बोर्ड (सेवन) र नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख पद रिक्त रहेकाे तीन महिना भइसक्दा पनि नयाँ नियुक्ति हुन सकेको छैन ।

सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएपछि नेप्सेका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सिईओ) चन्द्रसिंह साउदले राजीनामा दिएका थिए भने सेवनका अध्यक्ष भिष्मराज ढुंगानालाई भने अर्थ मन्त्रालयले बर्खास्ती गरेको हो ।

नेप्से सिईओ साउदले ८ भदाैमा राजीनामा दिएका थिए । त्यसपछि ११ असोजमा मन्त्रिपरिषद्को बैठकले बोर्ड अध्यक्ष ढुंगानाले राजीनामा दिएका थिए ।
अर्थ मन्त्रालयले सेवनको अध्यक्ष नियुक्तिका लागि ११ कात्तिकमा  खुला प्रतिस्पर्धाबाट पदपूर्तिका लागि आवेदन मागेको थियो । तर मन्त्रालयले छनोट प्रक्रिया भने अघि बढाएको छैन ।

यसैगरी नेप्सेको सिईओ नियुक्तिका लागि भने कुनै प्रक्रिया नै सुरु हुन सकेको छैन । बोर्ड नेतृत्वविहीन हुँदा कम्पनीहरूको सेयर निष्कासन स्वीकृति समेत रोकिएको छ ।


क्याटेगोरी : पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ