२०८२ वैशाख १७, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारमाघ २१ गते जाल्पा सामुदायिक लघुवित्तले आईपिओ निष्काशन गर्ने

माघ २१ गते जाल्पा सामुदायिक लघुवित्तले आईपिओ निष्काशन गर्ने


धितोपत्र बोर्डले ६ वटा कम्पनीलाई लगभग ५ महिना पछि आईपीयो निष्काशनको अनुमति दिए सगै सर्वसाधारणको लागि जारी हुने भएको छ । जाल्पा सामुदायिक लघुवित्तले माघ २१ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले प्रति कित्ता १०० सय रुपैयाँ अंकित दरका ५ करोड २२ लाख बराबरको ५ लाख २२ हजार कित्ता शेयर निष्काशन गर्ने भएको हो।

जस मध्ये ८ हजार कित्ता शेयर कम्पनीको कर्माचारीहरुको लागि छुट्याईएको छ भने २६ हजार १ सय कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ । बाँकि रहेको ४ लाख ८७ हजार ९ सय कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

आईपिओमा माघ २५ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ५ हजार २ सय २० कित्ताको लागि दिन सकिने छ । तर यो आईपिओ गोलाप्रथाबाट ४८ हजार ७ सय ९० जनाले मात्र पाउने भएकोले १० कित्त्ता भन्दा बढीको लागि आवेदन दिनु उपयुक्त हुने छैन ।

कम्पनीले शेयर निष्काशनको लागि प्रभु क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको यस लघुवित्तको केन्द्रिय कार्यालय कास्कीमा रहेको छ ।


क्याटेगोरी : पूँजी बजार
ट्याग : #जाल्पा सामुदायिक लघुवित्त


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ