२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारजनरल इन्स्योरेन्स कम्पनीको आइपिओ बाँडफाँड कहिले?

जनरल इन्स्योरेन्स कम्पनीको आइपिओ बाँडफाँड कहिले?

जनरल इन्स्योरेन्स कम्पनीको सेयर मागको तुलनामा ८.२९ गुणा बढी आवेदन आएको छ ।


काठमाडौं।जनरल इन्स्योरेन्स कम्पनीले निष्काशन गरेको साधारण शेयर कहिले बाँडफाँड हुन्छ ? ८ लाख २० हजार ४३१ जना आवेदकहरुको प्रश्न यहि हो । अहिले नै मिति भने तोक्न सकिदैन्  तर आउने हप्ताभित्र आइपिओ बाँडफाँड हुन सक्ने प्रबन्धक एनआइबीएल एस क्यापिटल भनाइ रहेको छ ।

इन्स्योरेन्स कम्पनीको सेयर मागको तुलनामा ८.२९ गुणा बढी आवेदन आएको छ । आइपीओमा २ लाख ७३ हजार जना आवेदकले मात्र १० कित्ताका दरले सेयर हात पार्ने देखिएको छ ।

२ लाख ७३ हजार जनालाई १० कित्ताका दरले सेयर वितरण गर्दा सर्वसाधाणको लागि बिक्री खुला गरिएको २७ लाख ३० हजार कित्ता सेयर समाप्त हुनेछ । आवेदन दिएका ५ लाख ४७ हजार जना आइपीओ नपाउने भएका छन् ।

कम्पनीले असोज ११ गतेदेखि असोज १४ गते सम्म ३० लाख कित्तामध्ये १ लाख २० हजार कित्ता संस्थाका कर्मचारी र १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि छुटयाइ आइपिओ निष्काशन गरेको थियो । बाँकी २७ लाख ३० हजार कित्ता शेयर सर्वसाधारणमा बाँडफाँड हुनेछ ।

जसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन गर्न पाइने व्यवस्था रहेको थियो ।


क्याटेगोरी : पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ