२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठउर्जादोर्दीखोला जलविद्युत कम्पनीको आईपीओ बैशाख १३ गतेदेखि

दोर्दीखोला जलविद्युत कम्पनीको आईपीओ बैशाख १३ गतेदेखि


 

काठमाडौं । दोर्दीखोला जलविद्युत कम्पनीले बैशाख १३ गतेदेखि आयोजना प्रभावितलाई आईपीओ निष्काशन गर्ने भएको छ ।
कम्पनीले प्रति कित्ता १०० सय रुपैयाँ अंकित दरले १० लाख ५४ हजार २६० कित्ता शेयर निष्काशन गर्ने भएको हो।

जलविद्युत कम्पनीले आयोजना प्रभावित लमजुङ जिल्लाको दोर्दी गाउँपालिकाका वासिन्दाहरु (साविकको भारते, अर्चलबोट, श्रीभन्ज्यांग, नौथर, पाचोक, ढोडेनी, फलेनी, बन्सार, र हिलेटक्सार (१-८ वडा)का स्थानीयलाई आईपिओ निष्काशन गर्न लागेको हो ।

यस आईपिओमा छिटोमा बैशाख २७ गतेसम्म र सो समयसम्ममा पुरै आवेदन नपरेमा जेठ ११ गतेसम्म आवेदन दिन सक्ने छन्। आवेदन दिंदा न्युनतम १० कित्ता देखि अधिकतम १० लाख कित्ताको लागि आवेदन दिन सकिने छ ।

कम्पनीले शेयर निष्काशनको लागि सिद्धार्थ क्यापिटल लाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले लमजुङको दोर्दी गाउँपालिकामा १२ मेगावाट क्षमताको दोर्दी १ जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।


क्याटेगोरी : उर्जा, पूँजी बजार
ट्याग : #दोर्दीखोला जलविद्युत कम्पनी, #सिद्धार्थ क्यापिटल


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ