२०८१ माघ २३, बुधबार
Health Aawaj logo
गृहपृष्ठउर्जाहिमालयन हाइड्रोपावरले असार १५ गतेदेखि आईपीओ निष्काशन गर्ने

हिमालयन हाइड्रोपावरले असार १५ गतेदेखि आईपीओ निष्काशन गर्ने


काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडले असार १५ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ ।

कम्पनीले प्रति कित्ता १०० सय रुपैयाँ अंकित दरले ९ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरेकामा २ लाख ८१ हजार ७५० कित्ता मात्र बाँडफाँट भएको र बाँकी ६ लाख १८ हजार २५० कित्तासहित कूल १९ लाख ६८ हजार २५० कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो ।

जस मध्ये ३९ हजार ३६५ कित्ता शेयर कम्पनीको कर्माचारीहरुको लागि छुट्याईएको छ भने ९८ हजार ४१३ कित्ता कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ । बाँकि रहेको १८ लाख ३० हजार ४७२ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

आईपिओमा इच्छुक आवेदकहरूले असार १५ गतेदेखि असार १९ गतेसम्म आइपओि भर्न सक्नेछन् । माग बमोजिमको आवेदन नपरेमा भने ढिलोमा असार २९ गतेसम्म आवेदन दिन सकिने कम्पनीले बताएको छ।आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ हजार कित्ताको लागि दिन सकिने छ ।

आइपिओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूणर् सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।साथै मेरो सेयर एप तथा वेबसाइटबाट पनि आवेदन दिन सकिनेछ ।

कम्पनीले कास्कीको मादी गाउँपालिकामा रहेको मादी नदीको बहाव प्रयोग गरेर ११.८८ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरेको छ । कम्पनीलाई इक्रा नेपालले ‘इक्राएनपी- आइआर बी प्लस’ ग्रेडिङ प्रदान गरेको छ ।

कम्पनीले शेयर निष्काशनको लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेड बिक्रि प्रबन्धक नियुक्त गरेको छ ।


क्याटेगोरी : उर्जा, पूँजी बजार
ट्याग : #ग्लोबल आइएमई क्यापिटल लिमिटेड, #हिमालयन हाइड्रोपावर लिमिटेड


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ