काठमाडौं । बिहिबार नेप्से परिसूचक १६.६० अंकले घटेर २०२७.३२ अंकमा पुगेर बन्द भएकाे छ ।
यो दिन कारोबारमा आएका २२९ ओटा कम्पनीकाे ४७ लाख ११ हजार २५ कित्ता शेयर रू. १ अर्ब ८० करोड ६२ लाख ४ हजार ७६५ मा खरीद विक्री भएको छ ।
आजकाे दिनमा ७ करोड ६५ लाख रुपैयाँभन्दा बढीको कारोबारसहित एलआइसी नेपाल अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः अरुण काबेली पावर र शिवम् सिमेन्ट्स छन् ।
असार दोस्रो सातादेखि बजार समग्रमा सकारात्मक गतिमा अघि बढिरहेको छ । तथापि, लामो समयदेखि तल झरेकाले सर्वसाधारण लगानीकर्ता आत्तिएका थिए । भाउ तल घट्दा त्रसित भएका लगानीकर्ताको मनोविज्ञान अझै पूर्ण रुपमा सकारात्मक बनिसकेको छैन । सोही कारण थोरै बढ्दा आत्तिएर बेच्नेहरू अझै छन् ।
तर, समग्रमा बजारले सकारात्मक गति लिँदै गएको छ । बैंकिङ प्रणालीमा तरलता सहज हुँदै गएको छ । यो बजारका लागि सुखद् पक्ष हो । आम लगानीकर्ता यतिबेला मौद्रिक नीतिको प्रतिक्षामा छन् । अहिलेको योजनाअनुसार काम भएमा केन्द्रीय बैंकले साउन पहिलो सातामै मौद्रिक नीति ल्याउने तयारी गरेको छ ।