काठमाडौं । अप्पर हेवाखोला हाइड्रोपावर कम्पनीले आज असार २४ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर निष्काशन गर्ने गरेको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अङ्कित १५ करोड रुपैयाँ मूल्य बराबरको १५ लाख कित्ता सेयरको आईपीओ ल्याएकाे हो ।कम्पनीले निष्काशन गरिने कुल सेयर मध्ये २ प्रतिशत अर्थात ३० हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशत अर्थात् ७५ हजार कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरिएको छ । लगानिकर्ताले बाँकी १३ लाख ९५ हजार कित्ताको लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
सर्वसाधारणले असार २८ सम्म आवेदन दिन पाउने छन । त्यस्तै, निष्कासन बमोजिम माग नआए ढिलोमा साउज ६ गतेसम्म कम्पनीको आइपिओ बिक्री खुला रहने छ ।
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ताका सेयर खरिदका लागि आवेदन दिन सक्ने छन ।
कम्पनीले शेयर निष्काशनको लागि एनएमबि क्यापिटल लिमिटेड बिक्रि प्रबन्धक नियुक्त गरेको छ ।त्यस्तै, आवेदकले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आवेदन दिन सक्नेछन ।