२०८२ वैशाख १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारनेपाल फाइनान्सको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम अवसर

नेपाल फाइनान्सको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम अवसर


काठमाडौं – नेपाल फाइनान्सको लिलामी सेयरमा आवेदन दिने आज (शुक्रबार) अन्तिम दिन हो । कम्पनीले १७ असारदेखि १४ लाख ३९ हजार ४१२.७५ कित्ता सेयर लिलामी बिक्रीमा ल्याएको हो ।

यसमा संस्थापक समूहको ११ लाख ३६ हजार ७१६.१८७ कित्ता र सर्वसाधारण समूहको तीन लाख दुई हजार ६९६.२७ कित्ता रहेको छ । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ ।

न्यूनतम एक सय कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । यस कम्पनीले यसअघि ६ देखि २६ जेठसम्म ३४ लाख ५४ हजार ४७४ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । सो समयमा बिक्री नभएको बाँकी सेयर अहिले लिलामीमा ल्याइएको हो । बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गरेको छ ।


क्याटेगोरी : पूँजी बजार
ट्याग : #नेपाल फाइनान्स, #प्रभु क्यापिटल


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ