२०८२ वैशाख १८, बुधबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारदोर्दी खोलाको कारोबार खुलेसँगै सर्किट लागेर बढ्यो भाउ

दोर्दी खोलाको कारोबार खुलेसँगै सर्किट लागेर बढ्यो भाउ


काठमाडौं  – दोर्दी खोला जलविद्युत कम्पनीको सेयर कारोबार बिहीबारदेखि सुरु भएको छ । दोर्दीको पहिलो कारोबार ३०७.१० रुपैयाँमा खुला भएको हो ।

नेप्सेले यसको ओपनिङ रेन्ज न्यूनतम १०२ रुपैयाँ ३९ पैसादेखि अधिकतम ३०७ रुपैयाँ १७ पैसा तोको थियो । सोही रेन्जको अधिकतम विन्दुबाट यसको कारोबार सुरु भएको हो । यद्यपि, कारोबार खुलेको केही समयमै यसको सेयर भाउ सकारात्मक सर्किट लागेर बढेको छ ।

बिहान ११ः०५ बजेसम्ममा यसको भाउ १० प्रतिशतले बढेर ३३७.८० रुपैयाँ पुगेको छ । दोर्दी खोलाको चुक्त पुँजीका आधारमा कायम एक करोड पाँच लाख ४२ हजार ६०४ कित्ता सेयर बुधबार सूचीकरण भएको थिया । ‘डीओआरडीआई’ संकेतमा यसको सेयर कारोबार सुरु भएको छ ।


क्याटेगोरी : पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ