काठमाडौं – बिन्ध्यबासिनी हाइड्रोपावर कम्पनीको वार्षिक साधारण सभा आउदो पुस २२ गते बस्ने भएको छ । उक्त सभा काठमाडौकाे नयाँ बानेशवरस्थित कम्पनीको कार्यालयमा बिहान १० बजेबाट सुरु हुनेछ ।
कम्पनीको मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक २०७८/७९ नाफाबाट शेयरधनीलाई हाल कायम भएको चुक्ता पुँजीको ५ प्रतिशतका दरले बोनश शेयर र ०.२६ प्रतिशतका दरले नगद लाभांश ( कर प्रयोजनका लागि ) वितरण गर्ने प्रस्ताव गरेको हो ।
यस्तै, आर्थिक वर्ष २०७८-७९ को संञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । आर्थिक वर्ष २०७९-८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने र कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने एजेन्डा पनि छ ।
सभा प्रयोजनका लागि कम्पनीले पुस १३ गते बुक क्लोज गर्ने निणर्य गरेको छ । पुस १२ गतेसम्म कायम रहेका सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।