२०८१ माघ २१, सोमबार
Health Aawaj logo
गृहपृष्ठउर्जासर्वसाधारणका लागि एसियन हाइड्रोपावरको आईपीओ आजदेखि

सर्वसाधारणका लागि एसियन हाइड्रोपावरको आईपीओ आजदेखि


काठमाडौं । एसियन हाइड्रोपावरले सर्वसाधारणका लागि आज २७ माघदेखि आईपीओ बिक्री खुला गरेको छ ।

कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंंकित मूल्य दरले ६ लाख ९७ हजार २ सय कित्ता आइपीओ जारी गरेको हो ।

आफ्नो जारी पुँजी ३४ करोड रुपैयाँको २४.७१ प्रतिशत अर्थात् ८ लाख ४० हजार कित्ता सेयर यसकम्पनीले सर्वसाधारणका लागी छुट्याएकोमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १० प्रतिशत अर्थात् ८४ हजार कित्ता सेयर निष्काशन गरिसकेको छ ।

साथै सामुहिक लगानी कोष ५ प्रतिशत अर्थात् ४२ हजार कित्ता र कर्मचारीहरुका लागी २ प्रतिशत अर्थात् १६ हजार ८ सय कित्ता छुट्याएको छ ।

न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताको लागि लगानीकर्ताहरुले यसमा आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सी-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

सर्वसाधारणले ६ लाख ९७ हजार २ सय कित्ताका लागि आवेदन दिनसक्नेछन् भने फागुन २ गतेसम्ममा यसमा आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा फागुन १२ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गरेको छ । यसलाई रेटिङ एजेन्सी केयर नेपालले ‘केयर एनपी डबल बी’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्छ ।


क्याटेगोरी : उर्जा, पूँजी बजार
ट्याग : #एसियन हाइड्रोपावर


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ